बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस सभापति शेरबहादुर देउवाको चरित्रहत्या भएपछि ..., बैठकमै पोखियो आक्रोश

कांग्रेस सभापति शेरबहादुर देउवाको चरित्रहत्या भएपछि ..., बैठकमै पोखियो आक्रोश

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ६ २०७७

  • 5.7K
    SHARES

  • कांग्रेस सभापति शेरबहादुर देउवाको चरित्रहत्या भएपछि ..., बैठकमै पोखियो आक्रोश

    काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापना विरोधीका रुपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ ।

    ‘मलाई पार्टीकै नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्,’ पार्टी केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनु हुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो ।’

    वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन् । नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशय सहितको धारणा राखेपछि देउवा रुष्ट बनेका छन् ।

    पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

    देउवाले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे । निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रुपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए ।

    बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले पार्टीभित्र वरियताक्रम मिलाउन माग गरेका छन् । नेता बलायरले विगतमा आमन्त्रित सदस्य अहिले आफूहरुभन्दा माथि रहेको भन्दै आपत्ति जनाएका छन् । ‘१२ औं महाधिवेशनपछि १३ औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाले केही आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो,’ उनले भने, ‘तर अहिले उनीहरूलाई हामीभन्दा वरियताक्रममा माथि राखिएको छ । यो तत्काल सच्याउनुपर्छ ।’

    बलायरले क्रियाशील सदस्यता वितरणमा लोभ नगर्न पनि आग्रह गरेका छन् । ‘पार्टीको तल्लो तहका कमिटीमै रहेका साथीहरुले सक्रिय सदस्यता पाउने अवस्था छैन । यसलाई बढाउनुपर्छ,’ बलायरले भने, ‘संगठन बढाउनुपर्छ भन्ने तर सदस्यता नदिने कुरा उचित हुँदैन ।’

    बैठक बिहीवार दिउँसो ३ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
      
    नेपाली कांग्रेसको महाधिवेशन २०७८ भदौ ७ १० गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको छ । शीर्ष नेताहरूसँगको परामर्शपछि बुधवारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि फागुन ७–१० गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो ।

    बैठकले विधानका केही धारा निलम्बन गरेको छ । विधानअनुसार महाधिवेशन नहुने भएपछि धारा निलम्बन गर्दै नयाँ मिति प्रस्ताव गरिएको छ । कांग्रेसको विधानको धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि ४ वर्ष हुने व्यवस्था छ । असाधारण स्थितिमा १ वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल फागुन तेस्रो हप्ता सकिँदैछ । 

    विधानको सुविधाअनुसार ५ वर्षमा पनि महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार भदौमा महाधिवेशन गर्न लागेको छ । संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांशमा ५ वर्षभित्र निर्वाचन हुन नसके थप ६ महिनाको सुविधा दिइएको छ ।

    प्रस्तावित मितिअनुसार संघीय व्यवस्थाबमोजिम संगठन समायोजन हुन बाँकी जिल्लाले अबको १ हप्ताभित्र काम टुंग्याउनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रवक्ता शर्माका अनुसार जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता फारम चैतभित्र केन्द्रमा पठाइसक्नुपर्ने प्रस्तावित कार्यतालिकामा उल्लेख छ ।

    क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले २०७८ जेठभित्र सदस्यताको अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ । केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची असार ७ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ ।

    प्रस्तावित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन असार २०, गाउँ/नगरपालिका अधिवेशन असार २२, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते हुनेछ । प्रदेश अधिवेशन साउन ६ गते तोकिएको छ ।

    कांग्रेसले राष्ट्रिय मान्यताप्राप्त दल कांग्रेससँग एकीकरण भएमा केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यताप्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति कांग्रेसमा प्रवेश गरेमा कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । कांग्रेसले कार्यकाल सकिएका जनसम्पर्क समितिलाई ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न समय दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend