शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस बैठक सकियो, महाधिवेशनको नयाँ मितिबारे निर्णय

कांग्रेस बैठक सकियो, महाधिवेशनको नयाँ मितिबारे निर्णय

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 3.2K
    SHARES

  • कांग्रेस बैठक सकियो, महाधिवेशनको नयाँ मितिबारे निर्णय

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुने भएको छ ।

    आज बुधवार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    यसअघि फागुन ७–१० गतेसम्म पार्टीको १४ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएपनि कोरोना महामारीका कारण हुने सकेन ।

    केन्द्रीय कार्यसमिति बैठकअघि शीर्ष नेताबीच भएको छलफलमा महाधिवेशन भदौमा गर्ने निर्णय भएको थियो । सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताबीच भएको सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७–१० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने नयाँ कार्यतालिका बैठकमा पेश गरेका थिए । जसलाई बैठकले सर्वसम्मत पारित गरेको छ ।

    बैठकअघि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतका नेताबीच पार्टी कार्यालयमा अनौपचारिक छलफल भएर भदौमा महाधिवेशन गर्ने सहमति जुटेको थियो ।

    वर्तमान केन्द्रीय कार्यसमितिको ४ वर्षको कार्यकाल गत वर्ष फागुनमै सकिएको छ । विधानको व्यवस्थाअनुसार १ वर्ष कार्यकाल थप गर्दै १४ औं महाधिवेशन फागुन ७ गतेदेखि गर्ने भनिएपनि महाधिवेशन फेरि सरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend