काठमाडौं – आगामी फागुन ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।
फागुन ५ गते बुधवार २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाउन माग गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।