शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बलात्कार काण्डमा कांग्रेसी वडा सदस्य पक्राउ

बलात्कार काण्डमा कांग्रेसी वडा सदस्य पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 3.9K
    SHARES

  • बलात्कार काण्डमा कांग्रेसी वडा सदस्य पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – मजदूरी गर्ने महिला सुतिरहेको अवस्थामा जबरजस्ती ढोका खोलेर बलात्कार गर्न खोजेको काण्डमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य पक्राउ परेका छन् ।

    दैलेखको दुल्लु नगरपालिकाका वडा नम्बर ५ का निर्वाचित वडा सदस्य प्रकाश पोखरेल बलात्कार काण्डमा पक्राउ परेका हुन् ।

    जबरजस्ती ढोका खोलेर बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपी पोखरेललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

    स्थानीयले तत्कालै प्रहरीलाई बुझाएपछि उनलाई दुल्लू इलाका प्रहरी कार्यालयको थुनामा राखिएको छ । 

    जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले घटनाको वास्तविकता बुझेर कारवाही प्रक्रिया बढाउन दुल्लु ईलाका प्रहरी कार्यालयलाई भनिसकेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend