काठमाडौं – नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य उपेन्द्र यादवको स्वास्थ्यस्थितिबारे जानकारी लिन विभागको टोली यादवकै घर पुगेको छ ।
विभागका प्रमुख मोहनबहादुर बस्नेतले सचिव एवं कांग्रेसका प्रभावशाली युवा नेता मीनकृष्ण महर्जनलाई यादवको निवास सिरहा पठाएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले यादवसँग निवासमै भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । विभागका सदस्य यादव खेलकुद परिषद्का पूर्व सदस्य समेत रहेका छन् ।
माघ ५ गते यादवलाई हृदयघात भएको थियो । विराटनगरमा उपचारपछि यादवको स्वास्थ्यमा सुधार भएको छ ।
यादवले अझै १ महिना घरमै आराम गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।
कांग्रेस नेता यादव २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सिरहा नगरपालिकामा उपमेयरमा जितेका थिए । तत्कालीन एमालेबाट गृहमन्त्री बनेका वामदेव गौतमले मुलुकभर कब्जा गरेका बेला यादवले सिरहामा कम्युनिस्टलाई हराएर शानदार मतका साथ कांग्रेसको इज्जत बचाएकाले उनलाई लोकप्रिय नेता मानिन्छ ।
कांग्रेस नेता यादव सिराहा जिल्लामा निकै लोकप्रिय मानिन्छन् । यादवलाई भेट्न युवा नेता महर्जनका साथै नेपाली कांग्रेस गोदावरी नगरपालिकाका नगर सभापति सुरज श्रेष्ठ, नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरका सचिव दीपक घिमिरे, नेविसंघ ललितपुरका कोषाध्यक्ष दिनेश घोरासाइने, नेता तेजप्रसाद घिमिरे सहितका नेताहरु घरमा पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।