काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारवाही फिर्ता लिन केन्द्रीय कार्यसमितिलाई पत्राचार गर्ने भएको छ ।
भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला कार्यसमितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय गरिएको जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेले जानकारी दिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।
निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दाबी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लगाइएको थियो ।
‘जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौं,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।