शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बागमती तरुण विभाग सचिवको कायस्थले पाए जिम्मेवारी

बागमती तरुण विभाग सचिवको कायस्थले पाए जिम्मेवारी

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 5.3K
    SHARES

  • बागमती तरुण विभाग सचिवको कायस्थले पाए  जिम्मेवारी

    काठमाडौँ- नेपाली कांग्रेसको तरुण विभागले बागमती प्रदेशको सचिवको जिम्मेवारी उमेश मेहेर कायस्थलाई दिएको छ ।

    काठमाडौंको लाजिम्पाटस्थित विभागको कार्यालयमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख शंकर भण्डारीले कायस्थलाई बागमती प्रदेशको तरुण विभागको सचिवको जिम्मेवारी दिएका हुन् ।

    कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले बागमती प्रदेशका तरुणहरूलाई क्रियाशील बनाएर कांग्रेसको संगठन निर्माणका लागि कायस्थलाई पूर्वमन्त्री समेत रहेका विभागका प्रमुख भण्डारीले निर्देशन दिएको जानकारी दिए ।

    कायस्थ नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरका पूर्वअध्यक्ष समेत हुन् । कायस्थ ललितपुरमा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । विद्यार्थीकालदेखि नै उनी राजनीतिमा सक्रिय थिए ।

    कांग्रेसको राजनीतिका साथै कायस्थ सामाजिक कार्यहरूमा सक्रिय छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा युवा परिचालन कमिटीको सचिवको जिम्मेवारी पाएका कायस्थले निर्वाचनमा विशेष भूमिका खेलेका थिए ।

    congress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २६ २०७७०४:४५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend