काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनतालाई धोका दिएपछि कम्युनिस्ट कार्यकर्ताहरू नै नेपाली कांग्रेसको पार्टी कार्यालय खोज्न थालेका छन् ।
सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका–७ का कम्युनिस्ट युवाहरू सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका छन् ।
नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले नेकपाका युवाहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गर्नेमा समरबहादुर घर्ती, रेशम बृकट्टा, रूपलाल तिवारी, ललित सारू, खड्कबहादुर थापा, हर्कबहादुर बराईली सहितका युवा रहेका छन् ।
नेकपाको नाटक र नौटंकी देखेर आजित भएपछि कांग्रेसमा प्रवेश गरेको समरबहादुर घर्तीले जानकारी दिए । तरुण दल अध्यक्ष हरि विष्टको समाजसेवाबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गर्ने प्रेरणा मिलेको समेत उनले बताए ।
कोरोना भाइरस संक्रमणको महामारीसँगै सुर्खेतमा समस्या परेका गरीब, असहाय व्यक्तिहरूलाई अध्यक्ष विष्टले निरन्तर सहयोग गर्दै आएका थिए । विष्टको समाजसेवाबाट युवाहरू प्रभावित भएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।