शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले थाल्यो फागुन ३ गतेको तयारी, व्यापक बनाउने योजना

कांग्रेसले थाल्यो फागुन ३ गतेको तयारी, व्यापक बनाउने योजना

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 7.5K
    SHARES

  • कांग्रेसले थाल्यो फागुन ३ गतेको तयारी, व्यापक बनाउने योजना

    काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिवार देशभर प्रदर्शन गरेको छ ।

    कांग्रेसका शुभेच्छुक संगठनहरुको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको छ ।

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

    प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएको छ । विघटनविरुद्ध कांग्रेसले निरन्तर प्रदर्शन गर्दै आएको छ । यसै शृंखला अन्तर्गत कांग्रेसले शनिवार शुभेच्छुक संगठनहरुको अगुवाइमा प्रदर्शन गरेको छ ।

    सबैजसो जिल्लामा प्रदर्शनकारीले विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुकमा राजनीतिक स्थायित्व दिन असफल भएकोजस्ता प्लेकार्ड बोकेका थिए । राजधानी काठमाडौंमा भने प्रदर्शनकारीले टुँडीखेल घेरेर मौन प्रदर्शन गरे ।

    नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ सहितका शुभेच्छुक संस्थाहरूको आह्वानमा भएको प्रदर्शनमा सहभागीले ‘संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई आहत, महामारीमा पनि पाइएन राहत’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    प्रदर्शनकारीले बेरोजगार बीमा लागू गर्नुपर्ने, सबै श्रमिकको स्थानीय तहमा पञ्जीकरण गर्नुपर्ने माग लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध पार्टीको आधिकारिक धारणा बनाउन पुस ७ गते सुरू केन्द्रीय समितिको बैठक माघ १३ गतेसम्म चल्यो । बैठकको निर्णयअनुसार कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तहमा विरोध प्रदर्शन गर्दै आएको छ ।

    पार्टीको अगुवाइमा पुस १३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते पालिका र माघ ८ गते वडाहरूमा विघटनविरुद्ध प्रदर्शन गरिएको थियो । कांग्रेसले शनिवारको प्रदर्शन सफल भएको जनाएको छ ।

    कांग्रेसले अब फागुन ३ गते जिल्ला कार्यसमितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन ३ गतेको विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन् ।

    देउवाले शनिवार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूर्व घोषणाअनुसार फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन सबैमा अपिल गर्छु ।’

    पार्टीका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा शनिबार गरेको विरोध प्रदर्शनमा व्यापक सहभागिताका साथ सम्पन्न भएको जनाउँदै देउवाले सबैलाई धन्यवाद समेत दिएका छन् । प्रदर्शनमा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend