काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी किशोरीको हत्यामा संलग्नलाई कारवाही गर्न जोडदार माग गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले हत्याको खबरले निकै मर्माहित भएको जनाएका छन् ।
‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु । उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु,’ उनले ट्विटरमा लेखेका छन्, ‘भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
विद्यालयबाट घर फर्किने क्रममा घरनजिकैको जंगलमा भट्टको हत्या भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।