शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पूर्व एमाले कार्यकर्तासहित पूर्व सैनिक र पूर्व प्रहरी कांग्रेसमा प्रवेश, शेखर कोइरालाले गरे स्वागत

पूर्व एमाले कार्यकर्तासहित पूर्व सैनिक र पूर्व प्रहरी कांग्रेसमा प्रवेश, शेखर कोइरालाले गरे स्वागत

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 12.6K
    SHARES

  • पूर्व एमाले कार्यकर्तासहित पूर्व सैनिक र पूर्व प्रहरी कांग्रेसमा प्रवेश, शेखर कोइरालाले गरे स्वागत

    काठमाडौं – कम्युनिस्टहरू आपसमा झगडा र विवाद गरिरहेका बेला वाक्क भएका पूर्व एमाले कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    मोरङको बुढीगंगा गाउँपालिका–१ मा आयोजित कार्यक्रममा करीब ३ दर्जन पूर्व एमालेका कार्यकर्ता, पूर्व प्रहरी, पूर्व सैनिकहरू कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

    नवप्रवेशीहरुलाई कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस पार्टीको चारतारे झण्डा प्रदान गर्दै स्वागत गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुटबन्दी र भागबण्डा छाडेर कार्यकर्तालाई लोकतन्त्र र राष्ट्रियताका पक्षमा उभिन आग्रह गरे ।

    ‘संसद पुनःस्थापन नभएसम्म कांग्रेसले सडक छोड्नु हुँदैन,’ उनले भने, ‘कांग्रेस कसैसँग सहकार्य गरेर अगाडि जाँदैन, संविधान जोगाउने काममा कांग्रेसले कसैसँग सम्झौता गर्दैन ।’

    morang_congress_prabesh (3).jpgmorang_congress_prabesh (2).jpgmorang_congress_prabesh (1).jpgmorang_congress_prabesh (5).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend