काठमाडौं – नेपाली कांग्रेसका युवा नेता रमेश अर्याल ‘प्रसन्न’को नवलपरासीको दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का चर्चित युवा नेता अर्याल सवार से६प ८६७९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना३ख ४०९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
कच्ची सडकमा धुलो उडेका कारण पानी हालेर भिजाइएकाले मोटरसाइकल चिप्लिएर पल्टिँदा विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
मोटरसाइकल चालक अर्याल र पछाडि बसेका दुवै व्यक्तिलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकोमा अर्यालको निधन भएको प्रहरीले जानकारी दिएको छ ।
केही दिनअघि सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य पृथ्वी गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
निकै लोकप्रिय छविका युवा नेता अर्यालको निधनले पुनर्वाससँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ शोकामा परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।