शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसका यी मनकारी सांसदको सबै तलब–सुविधा सामाजिक सेवामा, जनतासँगको वाचा पूरा

कांग्रेसका यी मनकारी सांसदको सबै तलब–सुविधा सामाजिक सेवामा, जनतासँगको वाचा पूरा

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 5.2K
    SHARES

  • कांग्रेसका यी मनकारी सांसदको सबै तलब–सुविधा सामाजिक सेवामा, जनतासँगको वाचा पूरा

    काठमाडौं – कम्युनिस्ट सांसदहरू विभिन्न भ्रष्टाचार र अनियमितता काण्डमा मुछिइरहेका बेला नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले मनकारी काम सार्वजनिक गरेका छन् ।

    सांसद थापाले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब–सुविधा सामाजिक कार्यमा खर्चिएको जानकारी दिए ।

    कास्कीको निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित सांसद थापाले निर्वाचनका बेला आफूले जनतासँग गरेको वाचा अनुसार प्रदेशसभा सदस्यका रूपमा पाएको सम्पूर्ण सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।

    सांसद् थापाले २०७६ माघदेखि २०७७ पुससम्म आफ्नो बैंक खातामा सेवासुविधा बापत आएको ८ लाख ५९ हजार रुपैयाँमा व्यक्तिगत रूपमा ३ लाख ८० हजार थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए ।

    विभिन्न सामुदायिक भवन निर्माण, खेलकुद, सडक लगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थालाई रकम प्रदान गरिएको उनले जानकारी दिए ।

    सांसद थापाले बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको बताएका छन् । सांसद थापाले कास्की क्षेत्र २(२) मा विभिन्न २० वटा काममा रकम सहयोग गरेको जानकारी दिए ।

    सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेका बेला कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै विकास बजेट खर्च हुनुपर्ने आर्थिक वर्षको करीब ७ महिना सकिनलाग्दा १५ प्रतिशत मात्र खर्च गरेको बताएका छन् ।

    सांसद थापाले जनताले दिएको ५ वर्षको जनादेश सम्हाल्न नसक्दा यतिबेला नेकपाका नेताहरू आरोप–प्रत्यारोपमा व्यस्त रहेको बताए । थापाले  नेकपा आधिकारिक रूपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि आफ्नो धारणा बनाउने जानकारी दिए ।

    ‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ सांसद थापाले भने । समृद्धिको नारा दिएको कम्युनिस्ट सरकारले भाषणबाहेक जनतालाई केही नदिएको आरोप उनले लगाएका छन् ।

    ‘जनताका लागि गरिएको भनिएको कम्युनिस्ट राजनीतिले पटक–पटक जनतालाई दुःख दिएको छ,’ थापाले भने, ‘व्यक्तिगत लहडको राजनीतिले जनमतमाथि अपमान भइरहेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend