शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के होला निर्णय ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के होला निर्णय ?

  • मिडिया डबली
  • सोमवार, माघ १२ २०७७

  • 3.3K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के होला निर्णय ?

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध अझै आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलबीच भोलि मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

    बैठकअघि संसद विघटनविरुद्ध आन्दोलन घोषणा हुने वा नहुने प्रस्ट भइसकेको छैन । बैठकको अघिल्लो दिन सोमवार सानेपामा २ महामन्त्रीसहित दुवै पक्षका नेताहरू छलफलमा जुटेका थिए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति शेरबहादुर देउवा निकट नेताहरूले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।

    पार्टी कार्यालयमा दुवै पक्षका नेता बस्नुअघि पौडेल पक्षका नेताहरू महामन्त्री शशांक कोइराला निवासमा भेला भएका थिए । नेताहरूले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा छैनन् । उनले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी आन्दोलन गर्न नहुने तर्क गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend