बिहिवार, फाल्गुण १३ २०७७Feb 25 2021

Logo
images
images
images
images

पूर्वमन्त्री गाउँ पुगेपछि नेकपाभित्र उथलपुथल, ४० परिवार नै कांग्रेसमा प्रवेश

पूर्वमन्त्री गाउँ पुगेपछि नेकपाभित्र उथलपुथल, ४० परिवार नै कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बिहिवार, माघ ८ २०७७

  • 12.8K
    SHARES

  • पूर्वमन्त्री गाउँ पुगेपछि नेकपाभित्र उथलपुथल, ४० परिवार नै कांग्रेसमा प्रवेश

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर डोटीको थलीगाउँ पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उथलपुथल आएको छ ।

    पूर्वमन्त्री बलायरको सक्रियतामा डोटी जिल्लाको केआईसिंह गाउँपालिका–७ थलीगाउँका ४० परिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    images
    images

    नेकपा जिल्ला कमिटी सदस्य सगरे तिरुवाको नेतृत्वमा पूरै दलित बस्ती नै कांग्रेसमा प्रवेश गरेको छ । 

    नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा केआईसिंह गाउँपालिका–६ भूमिराजमाण्डौंमा आयोजना गरेको कार्यक्रममा दलित बस्तीका ४० परिवारसहित १५० बढी नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।

    नवप्रवेशीहरूलाई पूर्व मन्त्री बलायरले स्वागत गरेका थिए । पूर्वमन्त्री बलायरलाई वडामा बाजागाजा झाँकीसहित स्वागत गरिएको थियो ।

    सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्‍याली आमसभामा परिणत भएको जनाइएको छ । कार्यक्रमलाई भातृ संगठनका प्रमुख, जिल्ला तथा क्षेत्रका नेताहरूले सम्बोधन गरेका छन् । 

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बिहीबार डोटीका सबै वडाहरूमा विरोध कार्यक्रम आयोजना गरिएको छ ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology