काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बोलाएको छ ।
यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औं महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटन लगायतविरुद्ध बिहीवार ७५३ पालिकाका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।