काठमाडौं – मौसममा खराबीका कारण पूर्व प्रधामनन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर एकाएक आकस्मिक अवतरण गरिएको छ ।
पर्वतका लागि हिँडेको हेलिकप्टरलाई बिहीबार गोरखामा आकस्मिक अवतरण गराइएको हो ।
मौसम सुधार भएपछि हेलिकप्टर गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
पर्वतको सदरमुकाम कुस्माका लागि उडेको देउवा सहितका नेताहरू चढेको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको हर्नी आँपपिपलको बारीमा अवतरण गराइएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा सभापति देउवा, कांग्रेस नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी लगायत नेताहरू चढेका थिए ।
आकस्मिक अवतरणको केहीबेरपछि सभापति देउवा सहितको टोली गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । देउवा सहितका नेताहरू शहीद हरिदत्त तिवारीको स्मृति सभामा सहभागी हुन पर्वत गएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।