काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीलाई माघे संक्रान्तिको शुभकामना दिएका छन् ।
बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको र एकअर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै परम्परा रहेको स्मरण गरेका छन् ।
‘माघ १ गते ‘माघे संक्रान्ति’ लाई ‘मकर संक्रान्तिका रूपमा मनाउने हाम्रो प्रचलन छ । प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगमस्थल हो –नेपाल । यहाँ विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो विशिष्ट पहिचान छ र एकअर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ,’ देउवाले शुभकामना सन्देशमा लेखेका छन्, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना !’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।