काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि कम्युनिस्ट कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
शनिबार नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा आयोजित विरोध सभामा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।
नेकपाले जनताको पक्षमा काम नगरेकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जनाएका छन् ।
शितगंगा नगरपालिका–४, ५, ६ र ११ नम्वर वडाबाट ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति विष्णु मुस्कान, पूर्व सभापति कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, क्षेत्रीय सभापति अच्युत गौतम, शितगंगा कांग्रेस सभापति मोति बेल्वासे लगायतले टीका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रवेश गराएका नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।