शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध कांग्रेसले आज देशभर सडक तताउँदै, कुन नेता कहाँ ?

केपी ओलीविरुद्ध कांग्रेसले आज देशभर सडक तताउँदै, कुन नेता कहाँ ?

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 6.0K
    SHARES

  • केपी ओलीविरुद्ध कांग्रेसले आज देशभर सडक तताउँदै, कुन नेता कहाँ ?

    काठमाडौं – प्रतिनिधिसभा संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत शनिबार ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।

    केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज शनिबार प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५(२) बूढानीलकण्ठ जानेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश (२) को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदैछन् ।

    पूर्व महामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १(१) र (२) दुबै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् । क्षेत्र नम्बर ४ का दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

    क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।

    काठमाडौं ६ को प्रदेश (१) मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो क्षेत्रको प्रदेश (२) को सभामा नेतृ डा. डिला संग्रौलाले सम्बोधन गर्नेछिन् ।

    क्षेत्र नम्बर ८ का दुबै प्रदेश निर्वाचन क्षेत्रमा नेता नवीन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुवै प्रदेश सभाका क्षेत्रमा नेता ध्यानगोविन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० का दुबै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिनेछन् ।

    कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार माघ २ गते ७५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ ।

    काठमाडौंमा हुने कार्यक्रम १२ बजेदेखि २ बजेसम्म आ–आफ्नो समयअनुकूल हुने गरी सञ्चालन गरिने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बताए । काठमाडौं जिल्लामा प्रदेशतर्फ २० वटा निर्वाचन क्षेत्र छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend