शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस सभापति शेरबहादुर देउवा स्तब्ध

कांग्रेस सभापति शेरबहादुर देउवा स्तब्ध

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 11.2K
    SHARES

  • कांग्रेस सभापति शेरबहादुर देउवा स्तब्ध

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको जनाएका छन् ।

    बिहीवार दिउँसो ट्विट गर्दै देउवाले यूएस कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताएका छन् ।

    देउवाले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण हुनुपर्ने पनि बताएका छन् ।

    ‘अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेका छन् । अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नुपर्छ । हामी सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने काम गर्छौं,’ देउवाले लेखेका छन् ।

    संसदको संयुक्त बैठक बसेका बेला बुधवार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए । हिंसामा परी हालसम्म ४ जनाको मृत्यु भएको छ ।

    घटनाको संसारभरका नेताहरुले भर्त्सना गरेका छन् । नेपालका नेताहरुमध्ये वासिङ्टन हिंसाबारे पहिलो पटक देउवाले सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend