काठमाडौं – नेपाली कांग्रेसले ३ पानाको प्रेस विज्ञप्ति जारी गर्दै आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले तय गरेका आन्दोलन कार्यक्रमबारे उल्लेख गरिएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आईतबार आन्दोलनका कार्यक्र तय गरेको छ ।
‘पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ र आजको बैठकबाट थप कार्यक्रम तय गरिँदैछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसरी नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरू समेत गरिहेको यथार्थ विपरीत पार्टीभित्र २ खाले धारणा रहेको भनेर केही सञ्चारमाध्यममा आएका समाचारप्रति केन्द्रीय कार्यसमिति बैठकको ध्यानाकर्षण भएको छ । ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ’ फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरुप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै सञ्चार माध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ ।’
पढ्नुहोस् प्रेस विज्ञप्ति –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।