काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।
प्रधानमन्त्रीले संसद विघटन गरेको घटनालाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ। त्यस्तै संवैधानिक परिषदसम्बन्धी अध्यादेशको पनि कांग्रेसले विरोध गरेको छ। कांग्रेसले १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आइतबारदेखि पुन सुरू गर्न लागेको हो। कांग्रेसमा संसद विघटनको विषयमा आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा विवाद छ। सभापति शेरबहादुर देउवा सर्वाेच्चमा बिचाराधीन रहेको विषयमा तत्काल आन्दोलनमा जान नहुने र निर्णय कुर्नुपर्ने बताएका छन्। उता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संविधानको रक्षाका लागि संसद पुनस्थापना गर्नुपर्ने र तत्काल आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।