काठमाडौं – पुस १७ गते अर्थात् आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो ।
आजको बैठकको सुरुवातमै राष्ट्रिय सभामा रहेका दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बिहिबार बसेको बैठकले आजका लागि कार्यसूची तयार गरेको थियो । उक्त कार्यसूचीअनुसार अघिल्लो अधिवेशनपछि हालसम्म निधन भएका सांसदहरु तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित हुनेछ ।
त्यस्तै अधिवेशन आह्वानका लागि राष्ट्रपतिले बठाएको पत्रपनि कार्यसूचीमा परेको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतमा पनि छलफल हुनेछन् । त्यसपछि, थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।
तर, राष्ट्रिय सभाको आजको बैठकमा संसद विघटनको विषयमा भने छलफल हुनेछैन । सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल हुन नसक्ने भएकाले यो विषयमा छलफल नहुने भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि संसद विघटनको विषयमा बोल्न समय नदिने बताइसकेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।