शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपा ओली समूहकी सांसदले भनिन् : संघीयता तत्काल खारेज गरौँ

नेकपा ओली समूहकी सांसदले भनिन् : संघीयता तत्काल खारेज गरौँ

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 5.0K
    SHARES

  • नेकपा ओली समूहकी सांसदले भनिन् : संघीयता तत्काल खारेज गरौँ

    काठमाडौं – नेकपा (केपी ओली समूह) की नेतृ निरुदेवी पालले संघीयता खारेज गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव गरेकी छिन् ।

    पालले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो व्यवस्था कायम गरे उनी सधैँ नेपालीको मन मष्तिष्कमा बस्ने दावी गरेकी छिन् ।

    ‘सम्माननिय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्, नेपाली जनताको मनमस्तिष्कमा सधैँ बस्नुहुनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

    प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेर आलोचना भइरहेको बेला नेकपाकै नेतृले यस्तो धारणा राखेकी हु्न् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १७ २०७७०६:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend