शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कम्युुनिष्टहरु बाँदर हुन्, देश चलाउन सक्दैनन् : सञ्जयकुमार गौतम

कम्युुनिष्टहरु बाँदर हुन्, देश चलाउन सक्दैनन् : सञ्जयकुमार गौतम

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 8.1K
    SHARES

  • कम्युुनिष्टहरु बाँदर हुन्,  देश चलाउन सक्दैनन् : सञ्जयकुमार गौतम

    काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा युवा नेता सञ्जयकुमार गौतमले नेपालमा कम्युनिष्टहरुले शासन गर्ने अधिकार गुमाइसकेको बताएका छन्। आज संसद विघटनको विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता गौतमले वर्तमान केपी ओली सरकार नालायक भएको बताएका हुन्।

    ‘संविधानको मर्म र भावना विपरित विघटन गर्ने केपी ओलीको नालायक सरकार। आफ्नो पार्टी त राखेन राखेन। संविधान कुल्चने कुचेष्टा भयो,’ उनले भने, ‘केपी ओलीले श्रीपेच लगाउने सपना देखेका छन्। यो घातक छ। यसको विरुद्ध नेपाली जनता एकजुट हुन जरुरी छ।’

    उनले कांग्रेस चुनावसँग भागेको नभई ओलीको नियतमा संका गरेको बताए। उनले कम्युनिष्टले यो देश चलाउन नसक्ने पनि बताए। ‘कम्युनिष्टले यो देश चलाउन सक्दैनन्। कम्युनिष्ट बाँदर जस्ता हुन। स्थानीय सरकारदेखि प्रदेश हुँदै माथिसम्म भ्रष्टाचार देखि केही दिएन। अर्काे तर्फ तानाशाही बनेको छ’ गौतमले भने।

    नेकपाको नेतृत्व झैँ प्रस्तुत भइरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका लाजमर्दाे भएको भन्दै उनले सच्चिन आग्रह गरे। ‘राष्ट्रपतिको भूमिका लाजमर्दाे छ। यो धोका हो। ओली सरकारको चुनावमा जाने नियत होइन’ उनले भने। यिनै गाैतमले नेकपाका उपाध्या बामदेव गाैतमलाइ प्रतिनिधिसभाकाे निर्वाचनमा हराएका हुन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १३ २०७७०७:३०:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend