शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

अबको निर्वाचनमा कांग्रेस एक्लै जान्छ कोहीसँग मिलेर जाँदैन : देउवा 

अबको निर्वाचनमा कांग्रेस एक्लै जान्छ कोहीसँग मिलेर जाँदैन : देउवा 

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 15.0K
    SHARES

  • अबको निर्वाचनमा कांग्रेस एक्लै जान्छ कोहीसँग मिलेर जाँदैन : देउवा 

    काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारविरुद्धको प्रदर्शनमा र निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्।  

    संसद विघटनको विरुद्ध नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजा गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।  

    ‘ओलीको सरकारले संसद भंग गरेर निर्वाचनको मिति समेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौँ मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलापमा एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ। ’ 

    देउवाले संसद विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए। कांग्रेस अदालतलाई थर्काउने, धम्क्याउने पार्टी नभएको भन्दै देउवाले अदालतको फैसला स्वीकार गर्ने पनि बताए। 

    ‘कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो। सधैँ सम्मान गरेको छ। धम्क्याएर होइन। अदालतले जुनै पनि किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौँ। बानी पनि छैन, चलन पनि छैन। अदालतलाई स्वविवेकीय अधिकार छ,’ उनले भने, ‘अदालतको अधिकारको निर्णय त्यसलाई हामी स्वीकार गर्नेछौँ। अन्तिम ठाउँ न्यायालय हो। हाम्रो पक्षमा होस् विपक्षमा होस् मान्न तयार छौँ।’  

    उनले अदालतमा विचाराधिन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए।  देउवाले छिटै केन्द्रीय समितिको बैठक गरेर देशका कहाँ कहाँ विरोध प्रदर्शन गर्ने निर्णय गर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend