शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘संसद पुनर्स्थापना भए देश कम्युनिस्टको कुशासनमा फस्छ, बैशाखमै चुनाव हुनुपर्छ’

‘संसद पुनर्स्थापना भए देश कम्युनिस्टको कुशासनमा फस्छ, बैशाखमै चुनाव हुनुपर्छ’

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 5.5K
    SHARES

  • ‘संसद पुनर्स्थापना भए देश कम्युनिस्टको कुशासनमा फस्छ, बैशाखमै चुनाव हुनुपर्छ’

    काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद पुनर्स्थापना भएमा फेरि देश कम्युनिस्टको कुशासनमा फस्ने भएकाले आगामी बैशाखका लागि तोकिएको निर्वाचन हुनुपर्ने बताएका छन् ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा सोमबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले राम्रो विचार र कार्यक्रम भए पनि पार्टीले जनतालाई बुझ्न नसकेको दाबी गरे ।

    उनले कम्युनिस्ट सरकारले जनतालाई गफ बेचेर भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गरे । ‘विचार राम्रो भएर पुग्दो रहेनछ, हाम्रो काम राम्रो हो भन्नु पर्दाे रहेछ । हाम्रो कार्यक्रम बेच्न जानिएन कि ?’ उनले भने ।

    उनले अगाडि थपे, ‘विश्वका ९० प्रतिशत देशमा चुनावबाट सरकार बन्छ, कहीँ पनि चुनावबाट कम्युनिस्ट आउँदैनन्, नेपालमा मात्र किन कम्युनिस्ट आउँछन् ? कतै हामीले राम्रो विचारको मार्केटिङ गर्न जानिएन कि ?’

    नेता महतले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्‍यो भने २ वर्ष फेरि कम्युनिस्ट शासन व्यहोर्नुपर्ने बताए । ‘पुनर्स्थापना भएर अर्को सरकार आयो भने पनि फेरि कोही आएर राम्रो कुरा गर्नेछन्, काम केही हुने छैन,’ उनले भने, ‘हाम्रो चासो र चिन्ता ओली सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने हो । बैशाखमा भनेको चुनाव हुनुपर्‍यो । जनताबाट अनुमोदन नभई शासन सत्तामा रहीरहने अधिकार छैन । चुनावलाई लम्ब्याएर सत्तामा बसिराख्ने दुस्साहस गरे हामी देशभर आन्दोलन गर्छाैं ।’

    अहिले निर्वाचनमा गयो भने नेपाली कांग्रेसको जीत निश्चित रहेको महतले बताए । ‘जबसम्म नेपालबाट कम्युनिस्टलाई पराजित गर्न सकिँदैन, नेपालमा समृद्धि कहिल्यै हुने छैन,’ महतले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend