काठमाडौं – प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेसँगै त्यसको असर देखिइरहेको छ। नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सुरुदेखि नै प्रदर्शन गरिरहेको छ। आज कांग्रेसले देशको १६५ वटा संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैैछ।
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले आज विरोध गर्दैछ। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । महामन्त्री डा। शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर , गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्नेछ । अन्इ निर्वाचन क्षेत्रमा सम्बन्धीत क्षेत्रमा रहेको केन्द्रीय सदस्य तथा सांसदहरुले नै सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।