शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

निर्वाचित वडा सदस्य बोहरा काँग्रेस प्रवेश, कांग्रेस नेता साउदले गरे स्वागत

निर्वाचित वडा सदस्य बोहरा काँग्रेस प्रवेश, कांग्रेस नेता साउदले गरे स्वागत

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 13.2K
    SHARES

  • निर्वाचित वडा सदस्य बोहरा काँग्रेस प्रवेश, कांग्रेस नेता साउदले गरे स्वागत

    काठमाडौँ- नेकपाकी एक जनप्रतिनिधि कांग्रेसमा प्रवेश गरेकी छन्। कन्चनपुर बेदकोट नगरपालिका २ बाट निर्वाचित वडा सदस्य सबिता बोहरा काँग्रेस प्रवेश गरेकी हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै पार्टीमा दुई धारमा बाँडिएका नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका हुन्। शनिबार भएको कांग्रेसको एक कार्यक्रमबाट उनलाई कांग्रेसका नेता एनपी साउदले पार्टी प्रवेश गराएका हुन्।

    कम्यूनिष्ट सत्ता पदका लागि एक आपसमा लड्दै कोही ओली, कोही प्रचण्ड नेपालसमुहमा प्रवेस गरिरहेका बेला बोहराले काँग्रेस रोजेकी हुन्।

    दुई तिहाई नजिकको कम्यूनिष्ट नेतृत्वको सरकारले जनताको जनमतको उलङ्घन गर्दै प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्र संविधानमाथि ‘कु’ गरेको भन्दै कम्यूनिष्टबाट निर्वाचित वडा सदस्य यसरी काँग्रेस प्रवेश गर्न थालेसंगै कम्यूनिष्ट प्रतिको जनविश्वास गुम्दै गएको काँग्रेस नेताहरुको दावि छ ।

    उक्त कार्यक्रममा नेता साउदले नेकपाको शीर्ष नेतृत्वको बीचमा देखिएको अन्तर्विरोधले संसद् विघटन भएको बताए। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ बढ्दै गएपछि नेकपामा बढेको अन्तर्विरोध र संघर्षका कारण संसद् विघटन भएको उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०२:०९:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend