शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

तथानाम आरोप लागेपछि शेरबहादुर देउवाले मुख खोले, यस्तो रहेछ भित्रि कुरा !

तथानाम आरोप लागेपछि शेरबहादुर देउवाले मुख खोले, यस्तो रहेछ भित्रि कुरा !

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 15.6K
    SHARES

  • तथानाम आरोप लागेपछि शेरबहादुर देउवाले मुख खोले, यस्तो रहेछ भित्रि कुरा !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत मिलेको आरोप लाग्यो । विभिन्न सञ्चारमाध्यमले यसबारे अझै पनि लेखिरहेका छन् ।

    तथानाम आरोप लाग्न थालेपछि सभापति देउवाले शनिबार यसबारे स्पष्ट पार्दै मुख खोलेका छन् ।

    सभापति देउवाले संसद विघटनविरुद्ध कांग्रेस एकमत रहेको स्पष्ट पारेका छन् । देउवाले शनिबार सार्वजनिक अपिल जारी गर्दै केन्द्रीय कार्यसमिति बैठकमा आफूले नै पुस १३ गतेका लागि आन्दोलन प्रस्ताव गरेको भित्रि कुरा खोलेका छन् ।

    ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ,’ अपिलमा उल्लेख छ, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

    प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाउन सभापति शेरबहादुर देउवाले अपिल जारी गरेका छन् ।

    ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन भएर आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।

    133264063_843570193147059_3175714184010351776_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend