शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, ओली–प्रचण्ड कसैसँग नमिल्न दबाब

देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, ओली–प्रचण्ड कसैसँग नमिल्न दबाब

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 4.5K
    SHARES

  • देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, ओली–प्रचण्ड कसैसँग नमिल्न दबाब

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    ‘संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ । प्रदर्शनको मिति र कार्यक्रम भोलि
    पुस ९ गते बस्ने बैठकले तय गरी सार्वजनिक गरिनेछ । पुस १६ गतेको कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप  दिवसका रूपमा मनाइने छ । जय नेपाल !’ प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।

    बैठकमा बोल्ने बहुसंख्यक केन्द्रीय सदस्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै पनि पक्षसँग पनि सहकार्य नगर्न दबाब दिएका छन् । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कांग्रेस जनतामा जानुपर्ने बताएका छन् । 

    प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा भएपछिको परिस्थितिबारे छलफल गर्न काठमाडौंमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा केन्द्रीय सदस्यहरूले नेकपाको विवादमा कुनै पनि पक्षमा लाग्न नहुने धारणा राखेका छन् ।

    बुधबार केन्द्रीय सदस्यहरू डा. रामशरण महत, गगन थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले धारणा राखेका थिए ।

    महतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक र अप्रजातान्त्रिक भएकाले विरोध गर्दै जनतामा जानुपर्ने बताए । नेकपाभित्रको शक्ति संघर्षका कारण संकट निम्तिएको भन्दै महतले कांग्रेसले नेकपाको कुनै पनि समूहलाई सहयोग गर्न नहुने धारणा राखेका छन् ।

    महतले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतमा गइसकेकाले अदालतको निर्णयअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् ।

    चर्चित युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सरकारको असंवैधानिक निर्णयविरुद्ध कांग्रेस जनतामा जानुपर्ने बताए । कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै संविधानको रक्षा गर्न कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा थापाले राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend