शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.2K
    SHARES

  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौं – विघटित संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

    पुस ७ गते बस्ने बैठकमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गर्ने गरी चालेका कदम र त्यसविरुद्धको योजनाबारे छलफल हुने जनाइएको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

    यसअघि आईतबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले ओली सरकारले लोकतन्त्र नै धरापमा पार्ने गरी संसद विघटन गरेपछि लोकतन्त्रको रक्षाका लागि हुने आन्दोलनको नेतृत्व कांग्रेसले तयारी गरेको छ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झण्डै दुईतिहाइ जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो । पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको शंखलाको निरन्तरता हो ।’

    विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिस्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend