बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

सर्वदलीय बैठक : कांग्रेसले गर्यो सरकारको भण्डाफोर

सर्वदलीय बैठक : कांग्रेसले गर्यो सरकारको भण्डाफोर

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 6.4K
    SHARES

  • सर्वदलीय बैठक : कांग्रेसले गर्यो सरकारको भण्डाफोर

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको चर्काे आलोचना गरेको छ।

    राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा कांग्रेसले सरकारले जनताको अपेक्षा र आवश्यकता अनुसार काम नगरेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारको आलोचना गर्याे।

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले त केपी ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक आधार गुमाएको पनि बताए। ‘सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ निधिले भने, ‘यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन।’

    कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारी गतिविधि दमनको शैलीमा अघि बढेको भन्दै असन्तुष्टहरुको विरोधलाई केहीले उपयोग गर्न खोजेका बताए।

    ‘प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक विषयमा जुन प्रश्न उठेको छ, त्यसमा छलफल गर्न यहाँहरुलाई बोलाएको भन्नुभयो। सुझाव माग गर्नुभयो,’ महतले भने, ‘हामीले कांग्रेसको तर्फबाट आफ्नो कुरा राख्यौँ।

    कोरोना नियन्त्रण गर्न सरकार असफल भएको कांग्रेसको ठहर छ। उपचार नागरिकको स्वास्थ्य आधारभूत अधिकार हो त्यो सरकारले गर्न सकेको छैन। स्वास्थ्यकर्मीलाई सुविधा दिन सकेको छैन। सचेतनाको कार्यक्रम गर्न सकेको छैन।’

    यी विषयलाई आफूहरुले गम्भीर रुपमा उठाएको र सरकारी विभेदकारी प्रवृत्तिले तरंगित भएको पनि महतले आरोप लगाए। ‘स्वास्थ्य सामग्री खरिदमा तलदेखि माथिसम्म भ्रष्टाचार भएको छ।

    विभेदकारी र दमनकारी सरकारको प्रवृत्ति छ,’ उनले भने, ‘आफूभन्दा फरक विचार राख्नेहरूलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गरेर लोकतान्त्रिक संस्था, संविधान बनायौँ, त्यसको मर्मलाई कमजोर गर्ने प्रयास भएको छ,’ उनले भने। महतले आफूसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारले विभिन्न अध्यादेशमार्फत देशलाई चलाउन खोजेको, संसद बन्द गरेको कुरा उठाएको पनि बताए।

    उनले सडकमा राजावादीहरुको प्रदर्शनलाई सरकारप्रतिको असन्तुष्टि भएको बताए। ‘‘त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतिअनुरुप चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुनै सक्दैन। सबैको सहमतिमा बनेको संविधान कार्यान्वयन गर्न विभेदकारी नीति अवलम्बन नगरे खतरा बढ्छ’ महतले भने।

    जवाफमा प्रधानमन्त्री ओलीले बैठकमा उठेका विषयलाई गम्भीर रुपमा लिएको बताएको पनि महतले जानकारी दिए। तर उनले प्रधानमन्त्रीले बैठकमा उठेका विषयलाई कार्यान्वयन नै गर्ने विषयमा भने आशंका व्यक्त गरे।

    मंसिर २९ गते कांग्रेसको आन्दोलन सरकारी दमनको विरुद्धमा भएको महतको भनाई छ। ‘सरकारकै कारण जनता सडकमा आउनु पर्ने बाद्यता सृजना भएको छ,’ उनले मिडियाडबलीसँग भने। अध्यादेश ल्याएर देश चलाउन खोजेको र संसद बन्द गरिएको भन्दै उनले सरकारको गैरजिम्मेवारीप्रति प्रश्न उठाएको पनि बताए।

    उनले भने, ‘अध्यादेशबाट चलाउन खोजिएको छ, संसद पनि बोलाइएको छैन । यो विषय हामीले बैठकमा उठायौं।’ बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए । सभापति देउवा भने तीन घण्टा चलेको बैठकमा सुरुको एक घण्टा मात्रै बसेर बाहिरिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend