काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मंसिर २९ गते देशभर आन्दोलन गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पक्राउ गरेपछि देउवाले आकस्मिक बैठक बोलाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।