बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक, रामचन्द्र पौडेल काठमाडौं बोलाएर यस्तो निर्णयको तयारी

देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक, रामचन्द्र पौडेल काठमाडौं बोलाएर यस्तो निर्णयको तयारी

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 28.7K
    SHARES

  • देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक, रामचन्द्र पौडेल काठमाडौं बोलाएर यस्तो निर्णयको तयारी

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् ।

    गिरफ्तारी घटनाका सम्बन्धमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

    बुढानिलकण्ठस्थित देउवानिवासमा शुक्रवार दिउँसो २ बजे पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

    यसअघि बिहीवारकै लागि बैठक बोलाइएको थियो । तर वरिष्ठ नेता पौडेल समेत काठमाडौं आउने र उनको समेत उपस्थिति हुने गरी शुक्रवार दिउँसोलाई बैठक सारिएको हो । 

    गृहजिल्ला तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरी ३ घण्टा नियन्त्रणमा राखेको थियो । साँझ कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका थिए । 

    सभापति देउवा र नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कडा शब्दमा आक्रोश पोखेका छन् । कांग्रेसका भातृ संगठनले समेत देशभर विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

    नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै सभापति देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने बताएका थिए । शुक्रवारको बैठकमा घटनाको समीक्षा गर्दै सरकारको प्रवृत्तिको प्रतिरोधका विषयमा समेत छलफल हुने कांग्रेसले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend