काठमाडौं- वरुण धवन र सारा अली खान अभिनित कमेडीले भरिपूर्ण फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ ।
ट्रेलर हेरेपछि निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राखेका छैनन् भन्ने स्पष्ट हुन्छ । फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका निभाएका छन् । त्यस्तै, जोनी लिवरको कमेडीले पनि निकै हसाउँछ ।
१ मेईमै सिनेमा घरमा रिलिज हुने तय भएको यो फिल्म कोरोना भाइरसको माहामारीका कारण ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत यो फिल्म रिलिज हुने भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।