चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ।
सोमबार मुम्बईको अदालतले भारती सिंह र हर्ष लिम्बाचियालाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्। लागूऔषध अभियोगमा गिरफ्तार यी दुवैलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राखिने बताइएको थियो।
यद्यपी दुवैले जमानत पाएका हुन्। लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो। एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।