काठमाडौं- ‘ए मेरो हजुर ३’ बाट डेब्यू गरेकी नायिका सुहाना थापा फूलपातीदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन्। यसबीच शनिवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ पनि सुहानालाई अफर गरिएको बताइएको छ ।
आर्यन सिग्देलले अभिनेताको रुपमा मुख्य भूमिका निर्वाह गर्ने भएको यो फिल्ममा आर्यनको जोडी बन्न निर्माण टिमले सुहानालाई प्रस्ताव गरेको हो । फिल्ममा नायक र नायिकाको उमेर अन्तरको कथालाई प्रेमिल ढंगले पेश गरिनेछ ।
प्रत्यक्षरुपमा सुहानालाई अफर गरेको कुरा बाहिर नआएपनि उनलाई फिल्मको अफर गरिएको छ । यद्यपी फिल्म गर्ने वा नगर्ने टुंगोमा भने सुहाना पुगेकी छैनन् । सुहानाले हाल स्क्रिप्ट पढिरहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।