काठमाडौं - नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई नयाँ सह–महामन्त्री बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कांग्रेसमा प्रवेश गरेका थापालाई कांग्रेसले सह–महामन्त्री बनाएको हो ।
ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न दलबाट कांग्रेस प्रवेश गरेकाहरूलाई समायोजन गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
थापासँग राप्रपाबाट आएका ९ जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमध्ये केहीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।