काठमाडौं- चर्चीत बलिउड अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । अभिनेत्री कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग भेटेको बताएका छन्। भेटमा दुईबीच के बिषयमा कुराकानी भयो भन्ने बारे थापाले खुलाएका छैनन् ।
उनले लेखेका छन्, 'चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।