काठमाडौं- हिन्दूहरुको भावनामाथि चोट पुर्याएको भन्दै बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध एफआईआर दर्ता भएको छ।
अमिताभ बच्चन र उनले सञ्चालन गर्दै आएको कौन बनेगा करोडपतिको टिमविरुद्ध एफआईआर दर्ता भएको हो ।
कौन बनेगा करोडपति माअमिताभले सोधेका थिए ( ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए रु ’ यसको विकल्पमा ४ जवाफ थिए ।
जसमा विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यहि प्रश्नको विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित अमिताभ र उनको टिमविरुद्ध उजुरी दर्ता भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।