बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सभापति देउवाले भने- कांग्रेस बिग्रिएको जिम्मा रामचन्द्र पौडेलले लिनुपर्छ

सभापति देउवाले भने- कांग्रेस बिग्रिएको जिम्मा रामचन्द्र पौडेलले लिनुपर्छ

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 12.2K
    SHARES

  • सभापति देउवाले भने-  कांग्रेस बिग्रिएको जिम्मा रामचन्द्र पौडेलले लिनुपर्छ

    काठमाडौं- सोमबार पार्टी कार्यालय सानेपामा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलमाथि आरोप लगाएका छन् ।

    सभापति देउवाले कांग्रेस बिग्रिनुको जिम्मा नेता पौडेलले लिनु पर्ने आरोप लगाएका हुन् ।

    सभापति देउवाले सहमति भनेर भागबण्डा गर्नका लागि सभापतिले हार्दिकता देखाएकोले नै पार्टी बिग्रिएको जिकिर गर्दै यसको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने बताएका हुन् ।

    उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न आफु तयार रहेको बताएका छन् । बैठकमा उनले भनेका, ‘विभाग मैले बनाइसकेँ, यो बाहेकका अरु विषयमा कुरा गर्न तयार छु ।’

    यसबाहेक सभापति देउवाले विभागहरु विधानसम्मत नै गठन भएको बताउँदै सहमतिको नाममा अनेक बखेडा झिकेकाले अहिले पार्टी यो हालतमा आएको जिकिर गरेका छन् ।

    आज बसेको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको जानकारी नेता गोपालमान श्रेष्ठले दिएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend