काठमाडौं- ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भोलि १ बजे बस्ने गरी स्थगित भएको छ ।
उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न आफु तयार रहेको बताएका छन् । बैठकमा उनले भनेका, ‘विभाग मैले बनाइसकेँ, यो बाहेकका अरु विषयमा कुरा गर्न तयार छु ।’
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, बरिस्ठ नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत उपस्थित रहेका थिए ।
त्यसैगरी बैठकमा सहभागी अन्य नेताहरुमा प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, बल बहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जनाको सहभागी रहेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।