काठमाडौं- चर्चित गायक एवं संगीतकार रुद्रसेन विश्वकर्माको देशप्रती समर्पीत ‘हाम्रो प्यारो नेपाल’ बोलको राष्ट्रभक्ति गीतको म्युजिक भिडियो सार्वजनीक भएको छ ।
रुद्रसेन क्रियसनले निर्माण एवं उत्पादन गरेको म्युजिक भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युवबाट सार्वजनीक भएको छ ।
प्रदीपकुमार रसाइलीको निर्देशनमा रहेको म्युजिक भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी, सुभाष प्रसाद गजुरेल, रमेश प्रसाईं, टेक वाइवा लामा, रूद्रसेन विश्वकर्मा, पुजन घिमिरे, रश्मी भट्ट, झोटन मेहेता, सविना लामा , रविना लामा, किरन भुजेल, सुनिल कटुवाल, अन्नु चौधरी, राधिका रसाईली, ईश्वर बल्लभ उप्रेती, दिनेश कुमार कठायत, अलिना देउजा, टेक लामगादे, पवण बरा इली, युनिका रसाईली, लगायतका चर्चित कलाकारहरुको दमदार अभिनय रहेको छ ।
अमृत चापागाईँले सम्पादन गरेको भिडियोको निमार्ण नीरकुमारी विश्वकर्मा (सविना) एवं छायांकन पवन बराईलीले गरेका हुन् ।
रुद्रसेन विश्वकर्माकै शब्द र संगीतमा गायक विश्वकर्मा र छाया रुचालको स्वर रहेको छ ।
हेर्नुहोस् भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।