काठमाडौं- पछिल्लो समयका चर्चित मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रिको कथा अनि कोरियोग्राफमा 'किन यस्तो भयो' गीतको म्युजिक भिडियो सार्बजनीक भएको छ ।
भिडियोमा चर्चीत पत्रकार ऋषी धमलापत्नी एवं अभिनेत्रि एलिजा गौतमसँग पल शाह, दुर्गेश थापा र सुधिर श्रेष्ठले रोमान्स गरेका छन् । भिडियोमा पत्रकार ऋषि धमलाकी श्रीमतीमा तीन कलाकारले आँखा लगाएको र अन्ततः ऋसी धमलाले नै लगेको भिडियोको कथामा देख्न सकिन्छ।
पत्रकार धमला आफैले समेत अभिनय गरेको यो म्युजिक भिडियो उनको पहिलो म्युजिक भिडियो हो । म्युजिक भिडियोको यो गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिसा पौडेलको स्वर रहेको छ ।
दशरथ रंगशालामा सुटिङ भएको पहिलो म्युजिक भिडियोलाई शरोज ओलीले निर्देशन गरेका हुन् । भुपेन्द्र अधिकारीले सम्पादन गरेको यो भिडियोलाई गज्जबको टीभीले आज मात्रै बजारमा ल्याएको हो ।
कोरियोग्राफर क्षेत्रिले निकै नै रोमाञ्चक बनाएको यो म्युजिक भिडियोले छोटोसमयमा नै धेरै चर्चामा कमाइ सकेको छ ।
हेनूहोस् भिडियो :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।