काठमाडौं- बरिष्ठ हास्य कलाकार मदकृष्ण श्रेष्ठको कोरोना परीक्षण पिसिआर रिपोट नेगेटिभ आएको छ । श्रेष्ठले आफ्नो कोरोना टेष्ट पिसिआर रिपोट नेगेटिभ आएको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
यसअघि कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोना देखिएपछि मदनकृष्ण कन्ट्रयाक ट्रेसिङमा परेका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘हरिबंशले फोन गरेर रमिला र मेरो पिसिआर टेष्ट गराएको कोरोना पोजेटिभ पो देखियो भन्दा म एकछिन त झसङ्ग भए ।
किनभने दुई दिन बिहानदेखि बेलुकासम्म हामी एउटै सुटिङमा ब्यस्त थियौं । गाडी समेत एउटै चढेका थियौ । त्यसमाथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँचथरी औषधि खाइरहेको मानिस’ श्रेष्ठ लेख्छन् ‘हुन त मलाई केही हुँदैन भन्ने ढुक्कै थिए । तै पनि क्याहो क्याहो भन्न सकिन्छ र ।’
‘ह’लाई समातेपछि ‘म’ लाईमात्र के बाँकी राख्ला र । समात्यो होला बजियाले भन्याजस्तो गरि मेरो पालो चुपचाप घरमै आइसोलेसमा रहे’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।