काठमाडौं- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पोर्सी (शुक्रवार) ‘ग्लोबल भक्ति संगीत उत्सव २०७७’ हुने भएको छ ।
बुधवार भर्चुअल पत्रकार सम्मेलन गरी समितिले कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगीतिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
जुममार्फत हुने भक्ति संगीत उत्सवमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुति रहने भएको छ । उत्सवमा नेपालसहित, भुटान, बेलायत, क्यानडा, दुबई, भारत, अमेरिका, मोरिसस, केन्या, अस्टे«लिया लगायतका देशका कलाकारले प्रस्तुति दिनेछन् ।
कार्यक्रममा भक्ति संगीतका साथै सांस्कृतिक नृत्यहरू पनि समावेश गरिने समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताए ।‘कार्यक्रमले मानव मनलाई आनन्द र शान्ति प्रदान गर्नुका साथै नेपाली लोकबाजा र संस्कृतिको प्रवद्र्घन, परम्परागत गायनको प्रचारप्रसार र नेपाली गीत–संगीतप्रति युवा पुस्तालाई आकर्षित गर्न सहयोग पुग्नेछ,’ उनले भने ।
शुक्रवार साँझ ५ बजेदेखि शुरू हुने उत्सवमा आनि छोइङ डोल्मा, वरिष्ठ गिटारिस्ट अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुती ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुति दिनेछन् ।
नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमका आकर्षण रहने जनाइएको छ । २९ वटा प्रस्तुति रहने कार्यक्रममा जुममार्फत संसारभरबाट सहभागी हुन सकिने समितिले जनाएको छ ।
कार्यक्रममा जोडिन जुममा ‘मिटिङ आईडी’ ८९१३४८८२३४५ र ‘पासकोड’ १२३४५ रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।