सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डा.केसीको जिवन बचाउँन ओलीलाई देउवाले दिए टिप्स

डा.केसीको जिवन बचाउँन ओलीलाई देउवाले दिए टिप्स

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 3.6K
    SHARES

  • डा.केसीको जिवन बचाउँन ओलीलाई देउवाले दिए टिप्स

    काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । साभापति देउवाले गम्भिर स्वास्थ्य अवस्थामा पुगेका डा. केसीका माग सम्बोधन नगरिरहेको ओली सरकारलाई देउवाले अर्काे उपयुक्त सल्लाह दिएका हुन् । 

    उनले २१ अविलम्ब वार्ता गरी दिनदेखि अनशनरत डा.केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका हुन् ।

    सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उनका माग केवल एक व्यक्तिको मात्र नभएको जनाउँदै जनभावनानुरुपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरेका छन् ।

    पूर्वप्रधानमन्त्री देउवाले प्राडा केसीका माग पूरा गर्दै आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ २०७४ कात्तिक २४ मा जारी गरे पनि  वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नाको परिणाममा आजको स्थिति उब्जिएको जनाउँदै वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ साउनमा प्राडा केसीसँग गरिएको सम्झौता फेरि पनि संवादमार्फत समाधानमा पुगेर सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

    उनले संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै डा।केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend