काठमाडौं- शान्ति श्री परियार, बिरेन्द्र एसबी, अर्जुन कुवर र राजेन्द्र बाजुरालीको स्वर रहेको नयाँ दशैँ गीत 'के अनर्थ भो...' सार्वजनिक भएको छ ।
हरिस बीसी र सन्तोष पक्कुको शब्द सिर्जना रहेको गीतमा बिरेन्द्र एसबीकै संगीत रहेको छ । गीतले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको छ ।
मालश्री स्टुडियोमा रकेर्ड भएको गीतको भिडियो कपील लामाले निर्देशन गरेका हुन् । शिव पौडेलले सम्पादन गरेको भिडियोमा रमा थपलिया, आशिर प्रताप जंग, बिमल अधिकारी, सारिका केसी, अर्जुन कुवर, दिशान्ती परियार, प्रिती पाण्डे र योगेस पनको अभिनय रहेको छ ।
हर्टबिट नेपालले बजारमा ल्याएको भिडियो निकै नै रोचक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।